Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

गौरीगंज- झापाको सिमावर्ती गाउपालिकाको अस्थायी ट्राफीक प्रहरी पोष्ट गौरीगंजले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफीक सचेतना कार्यक्रम संचालन गरेको छ।

सडकमा सवारी दुर्घटना का कारण जनधनको क्षतिहुने भएकाले त्यसलाई न्युनीकरण गर्न आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुमा ट्राफीकले सचेतना कार्यक्रम शुरु गरेको छ।

विद्यालय संचालन हुने समय र बीदा हुने समयमा विद्यार्थीहरुले सडक ढाकेर हिंडेका कारण विद्यार्थीहरुमा समेत दुर्घटना हुन सक्ने सम्भावनालाई न्युनीकरण गर्न सडक छेउका सबै विद्यालयहरुमा सचेतना कार्यक्रम आयोजना गर्ने लक्ष्य राखीएको अस्थायी ट्राफीक प्रहरी पोष्ट गौरीगंजका प्रमुख गोकुल आचार्य ले बताए।

ट्राफीक प्रहरीले आज विहिबार गौरीगंज गाउँपालिकाको खजुरगाछी मावी का विद्यार्थीहरुलाइ सडक मा हिंड्दा ध्यान दिनुपर्ने कुराहरु, सडक पार गर्दा जेब्रा क्रसिङ्को प्रयोग, सवारी साधनका कागजपत्र सहित सवारीसाधन चलाउने मोटरसाइकल चालकले अनिवार्य हेलमेट प्रयोग गर्ने र ट्राफीक चिन्ह र संकेत को बारेमा जानकारी गराएका थीए।

विद्यालयका प्रधानाध्यापक गहेन्द्र विक्रम शाहको सभापतित्वमा सम्पन्न सचेतना कार्यक्रममा वार्ड न. ३ का वडाध्यक्ष मखना महतो र गाउँपालीकाका प्रशासाकीय अधिकृत राजकुमार शाक्यले शुभकामना मन्तव्य राखेका थीए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments