Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ७ माघ । सिद्धार्थ बैंक शाखा गौरादहले विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ । गौरादह नगरपालिका वडा नं.७ स्थित भारती प्राथमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो।

सिद्धार्थ बैंकको संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तरगत सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्वेटर वितरण गरेको छ। बैंकले विद्यालयमा अध्यनरत नर्सरी देखि कक्षा ५ सम्म अध्यनरत १०० जना विद्यार्थीहरुलाई जाडोको समयमा विद्यालय आउन सहजताकोलागि न्यानो कपडा बितरण गरेको सिद्धार्थ बैंक गौरादह शाखा प्रबन्धक नुतन गिरीले जानकारी गराए।

गरिब तथा विपन्न परिवारका छोराछोरीहरु सामुदायिक विद्यालयमा अध्यन गर्ने भएकाले यस वर्ष गौरादह नगरपालिका वडा नं ७ को भारती प्रा.बि.का विद्यार्थीहरुलाई न्यानो कपडा सुइटर वितरण गरेको गौरादह शाखा प्रमुख गिरीले बताए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनिलाल राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका पुर्वाञ्चल क्षेत्रीय प्रबन्धक सुवाश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। गौरादह नगरपालिका वडा नं.७ का वडा सदस्य अमरदास सिवाकोटी, बिद्यालयका प्रधानाध्यापक हिरालाल ताजपुरिया लगायतले शुभकामना मन्तब्य राखेका थिए।

तपाईको प्रतिक्रिया