Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झगेन्द्र खड्का
गौरीगंज, १ माघ । हातमा सीप र जोस जाँगर भएका व्यक्तीलाई रोजगारीको खाँचो नहुने उदाहरण खजुरगाछीका एक युवाले पेस गरेका छन। मेहनत र परिश्रम गर्न सके आफ्नै देशमा रोजगारीका प्रसस्त अवसर सृजना गर्न सकिने गौरीगंज गाउपालिका वडा नं.३ मा बसोवास गर्दै आएका रन्जित भगवतले देखाएका छन।

आफ्नो मेहनत र कमाईमा रमाएका भगत आटा, मैदाबाट बनाईने डुनट बनाएर बिक्री गर्दछन।आफ्नो घर परिवार सँग बसेर डुनटको व्यवसाय गर्दा त्यसबाट भएको आम्दानीबाट उनको परिवार समेत हर्षित छन। आफ्नो देशमा रोजगारी नभएको र त्यसकालागि विदेश जानुपर्छ भन्नेहरुका लागि यही कमाई गरेर देखाउन सफल भएका छन।

घर खर्चकालागि आयआर्जन गर्न विदेश जाने युवाहरूका लागि भगतको सीप र लगनशिलता नमुना बनेको छ। डुनटको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिने गतिलो उदाहरण बनेको छ। धेरै पैसा कमाउने लोभमा र दलालका फन्दामा परेर दुःख पाएका विदेशिने युवाहरूको लागि त यी युवा प्रेरणाको स्रोत नै बनेका छन्।

रोजगारीको सम्भावना नभएको समयमा विदेश जाने सोच बनाएका भगत विदेश गएर फर्किएका साथिहरुबाट बिदेशमा दुख पाईने कुरा सुनेपछी उनमा एकाएक परिबर्तन आयो। विदेश नजाने र यहि बसेर व्यवसाय गर्ने निर्णय गरे। मामा सँग डुनट बनाउन सिकेको सीप भजाएर व्यापार गर्ने निर्णय गरे। सुरुमा त उनलाई यो व्यवसाय चल्छ भन्नेमा शंकालागेको थियो। डुनट बनाउने सीप भएता पनि व्यापार गर्ने सीप उनमा थिएन। उनले आट गरेर डुनट बनाएर व्यापार व्यवसाय सुरु गरे। अहिले यस व्यवसायबाट भएको आम्दानी देख्दा उनी सहित उनको परिवार दंग परेको छ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ को खजुरगाछीमा २ वर्ष अघि १ लाख रूपैयाँबाट व्यवसाय सुरु गरे। सुरुमा उनले डुनट बनाउन आबस्यक सामग्री खरिद गरे। एउटा मिक्चर मेसिन, ग्यास सिलिन्डर, १५ केजी मैदा, ३ किलो चिनी, २ सय ग्राम नुन किनेर सुरुवाती समयमा डुनटको व्यवसाय शुरू गरे। डुनट बनेर बजारमा पुगेपछि अन्य पाउरोटीको तुलनामा डुनट बिक्री हुन थाल्यो। एकाएक बजारमा डुनट मनपराउने र खाने मानिसहरुको संख्या बढेर गयो। डुनटका पारखीहरूको भीड लाग्न थाल्यो। यो व्यवसाय प्रति उनमा बिस्तारै आट र विश्वास बढ्दै गयो । अहिले उनलाई ग्राहक र बजारको माग पूरा गर्न भ्याईनभ्याई भएको छ ।

विहान ६ बजेदेखि दिउसो २ बजेसम्म उनी डुनट बनाउछन् बनेको डुनटलाई ५ बजे सम्ममा प्याकिङ्ग गरि सक्छन र बजारमा बिक्री गर्न लैजान्छन। एक पटकमा १५ केजी मैदालाई १० लिटर रिफाईन तेल, ३ किलो चिनी, २ ग्राम नुनमा मिसाउदा १ सय ३० प्याकेट डुनट तयार हुने उनले बताए । अहिले उनको डुनटको कारखानामा २ जनालाई रोजगारी पनि दिएका छन। एक प्याकेट डुनटलाई होलसेल मूल्य रु २० मा बेच्दा खर्च कटाएर महिनाको १२ देखि १५ हजार कमाई हुने गरेको उनले बताए ।

स्व. तुलिचन भगत र कुशिलादेवी भगतको कान्छो छोराको रूपमा जन्मिएका रन्जित अहिले डुनटको व्यवसाय गर्दा घर खर्च चलाएर केही वचत पनि गर्ने गरेको छन। छोराको मेहनत र कमाई देख्दा उनकी आमा पनि दङ्ग छिन् । छोराले गरेको मेहनत र काम हेर्दा आफुलाई खुशी लागेको उनकी आमाले बताईन् । डुनटको विक्रीको कुनै सिमा नरहेको र बार्है महिना बिक्री हुने गरेको उनले बताए ।

डुनट खासगरी खाजाको रूपमा विहान वेलुका खान सकिने र बनाएको ७ दिन सम्म डुनट खान सकिने उनले बताए। स्वास्थ र सुरक्षित खाजाको रूपमा डुनट खान सकिने भएकाले डुनट खाने मानिसहरुले उनकै घरबाट पनि किनेर लाने गरेको उनले बताए । उनले बनाएको डुनट गौरादह नगरपालिकाको गौरादह बजार, ग्वालडुब्बा, दामुना बजार, गौरीगंज गाउपालिकाको खजुरगाछी,गौरीगंज , बाघाचौधरी लगायतका बजारमा व्यापारीहरूले उनको डुनट बेच्ने गरेका बताए।

तपाईको प्रतिक्रिया