Online Bichar
बिहिबार, जेठ १८, २०८० | Thursday, June 1, 2023

काठमाडौं, २७ पुष । निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आइतबारबाट आचारसंहिता लागू गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रुपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न १३ सरकारी निकायमा रहेका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागू गरिएको जनकारी दिएका छन् ।

आयोगका अनुसार संघ र प्रदेश सरकारका मन्त्री र कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठनलाई आचार संहिता लाग्नेछ।

त्यस्तै उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारणा गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि आचार संहिता लाग्ने प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आयोगले आचार संहिताको पूर्णरूपमा पालना गर्न गराउन सबैमा निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया