Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

गौरादह, २७ पुष । गौरादह नगरपालिकाको पाँचौ नगरसभा सुरु भएको छ । वडा नं. १ को वडा कार्यालयमा गौरादह नगर प्रमुख रोहित कुमार शाहले नगरसभाको उद्घाटन गरेका थिए ।

पाँचौ नगरसभामा नगर कार्यपालिकाले गरेका कामको अनुमोदन,योजना,कार्यक्रम संसोधन, योजनामा रकम विनियोजन, आय व्ययको विवरण, कामको समिक्षा, आवश्यक ऐन तथा कार्यविधिको संसोधन र नगरपालिकाको दरवन्दी स्वीकृत गर्ने विषयमा नगरसभामा प्रस्तावको रुपमा पेश गरिएको छ ।

गौरादहलाई सहमति, सहकार्य र एकताबाट संमृद्ध गौरादह बनाउने उद्देश्यले नगरकार्यपालिकाले प्रस्तुत गरेका योजना र कार्यक्रमहरु पेश गरिएको थियो । प्रस्तुत गरेका योजनाहरुमा गौरादहलाई पर्यटन क्षेत्रको विकासमा अगाडि बढाउन गौरादहका पोखरीलाई आवश्यक व्यवस्थापन कार्यलाई अगाडि बढाईएको नगर चक्रपथ, प्राविधिक शिक्षालय कार्यका लागि अगाडि बढेको, नगर भित्रका सबै वडामा ग्राभेल गरिसकिएको र कालोपत्रे कार्यका लागि नगरपालिका अगाडि भएको, तराई मधेस संमृद्ध कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न परिवारका लागि आवास निर्माण कार्य अगाडि बढाएको, सबै वडा का सडकहरुमा रहेका पुल, कल्भर्ट निर्माण गरिएको नगर प्रमुख रोहित कुमार शाहको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नगरपालिकाले हालसम्म गरेको कार्यको जानकारी गराउँदै आगामि दिनमा नगरपालिकाले गर्ने लक्ष्यहरुमा यसै आर्थिक वर्ष देखि प्रत्येक वडामा फिटनेस सेन्टरको व्यवस्था, चिल्ड्रेन पार्क निर्माणको लागि जग्गाको खोजि, बसपार्कको लागि जग्गा व्यवस्थापन, सबै वडामा खेल मैदानको व्यवस्था, औद्योगिक ग्राम स्थापनाका लागि यसै आर्थिक वर्ष बाट अगाडि बढाइने नगरपालिकाको लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गौरादह नगरपालिका कि उपमेयर गिता भेट्वालले स्वागत मन्तव्य राख्दै संमृद्ध नगर बनाउन सबैको सहयोग आवश्यक रहेको र सबैमा जनचेतना को विकास गराउन चेतना, क्षमता अभिवृद्धि र सिपमुलक कार्य सहित भौतिक पूर्वाधार निर्माण तर्फ नगरपालिका लागेको जानकारी गराइन् । नगरप्रमुख रोहित कुमार शाहको सभापतित्वमा नगरसभा उद्घाटन समारोह सम्पन्न भएको थियो । यहि माघ १० गते नगरसभा पूनः सञ्चालन गरिने जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments