Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झगेन्द्र खड्का
गौरादह, २६ पुष । प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की विकास निर्माणका कार्यहरु शिलान्यास गर्न गृहनगर गौरादहमा शनिवार व्यस्त रहे । मन्त्री कार्कीले शनिवार गौरादह नगरपालिका वडा नं.४ को डोरामारी रामचन्द्रे सिंचाइ आयोजना र गौरादहको डिपु चौक देखि स्कुलचौन गौरिया जोड्ने सडक कालोपत्रे निर्माणका लागि शिलान्यास गरेका छन।

आयोजनाहरुको शिलान्यास गर्दै मन्त्री कार्कीले विकास निर्माणका योजनाहरु असिमित रहेको तर बजेट सिमित रहेकाले सबै काम एकै पटक गर्न नसकिएको बताए । जनताका अति आवश्यक कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखिएको जानकारी गराउदै वर्तमान सरकारले सडक, पुल, कल्भर्ट, विद्युत, कृषि, खानेपानी र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय कार्य गरेको जानकारी गराए।

डोरामारी रामचन्द्रे सिचाइ आयोजना निर्माण पश्चात करिब ४ सय विघा क्षेत्रफलमा सिंचाइ गर्न सकिने आयोजना दुई वर्ष भित्रमा सम्पन्न हुने जनाएका छन् । मन्त्री कार्कीले नगरपालिका भित्र रहेका सिंचाइका लागि सम्भावना भएका खोलाहरूलाई बाध बाधि किसानहरूलाई उत्पादन बढाउन बाह्रै महिना सिंचाइको व्यवस्था मिलाउने सरकारको लक्ष्य रहेको जानकारी गराए ।

नगरभित्रका किष्णे, रामचन्द्रे, चान्दु र गौरीया खोलालाई सिंचाइ गर्न सकिने स्थानमा बाध बाधी हिउदमा पनि सिंचाइको व्यवस्था मिलाउने जानकारी गराए । गौरादह नगर भित्रका व्यस्त सडकहरूलाई विस्तार गरि कालोपत्रे गरिने र अन्य सडकहरूलाई स्तरोन्नति गरि स्तरिय ग्राभेल गरिने बताए । मन्त्री कार्कीले गौरादह स्कुलचौन गौरिया सडकको गौरादह नगरपालिका वार्ड नं. ५ को स्कुलचौन बजारमा शनिवार नै शिलान्यास गरेका छन् । गौरादहमा रहेको ईलाका प्रहरी कार्यालयलाई स्तरोन्नति गरि ‘क’ श्रेणीको बनाउन आवश्यक प्रक्रिया अगाडि बढाईसकिएको जानकारी गराए ।

सिंचाई डिभिजन कार्यालय झापाका प्रमुख कृष्ण राजवंशीले डोरामारी रामचन्द्रे सिंचाई आयोजनाका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. १ बाट १२ करोड ६९ लाख वजेट विनियोजित भएको जानकारी गराए । दुई वर्ष अवधिमा सम्पन्न हुने आयोजना कन्काई ईन्टरनेशनल विल्डर्सले ९ करोड ६६ लाख रूपैयाँमा निर्माण गर्ने जिम्मा पाएको छ ।

शिलान्यास गरिएको गौरादह स्कुलचौन गेउरिया सडकको लम्बाई ८ किलोमिटर रहेको र निर्माणकालागि धुकुछु बि.टि.जे.भि. ले जिम्मा पाएको छ।सडक निर्माणकालागि प्रदेश नं.१ सरकारको भ्याट सहित १५ करोड ५२ लाख ९२ हजार ९सय ५० मा ठेक्का लागेकोे र दुई वर्ष भित्रमा निर्माण सम्पन्न गरिने जनाईएको छ। संविधान सभा सदस्य दिपक कार्कीले सरकारले यस क्षेत्रमा जनताको भावना अनुरूपको काम गर्दै विकास निर्माणको कामलाई तिव्रता दिएकोमा खुशी व्यत्त गरे ।

गौरादह नगरपालिकाका रोहित कुमार साहले नगरभित्र रहेका जनताको अति आवश्यक काममा स्थानिय सरकारले पुर्ण सहयोग गरेको र वजेट अभाव भएमा प्रदेश र संघिय सरकारसंग माग गरेको धारणा राखे । गौरादह नगरपालिका वार्ड नं. ४ का वडा अध्यक्ष मडिन्द्र कार्कीले स्वागत मन्तव्य राख्दै प्रहरी चौकीको आवश्यकता रहेको जानकारी गराए ।
डोरामारी रामचन्द्रे जल उपभोक्ता समिति अध्यक्ष पुष्प भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन तुलसी कार्कीले गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया