Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठमाडौं, २६ पुष । ‘एटीएम’ मेसिन फोडिरहेको अवस्थामा एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–६ का २४ वर्षीय तिलक खड्का हुन् । प्रहरीले उनलाई शनिबार बिहान नियन्त्रणमा लिएको हो ।

काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटीएमको माथिल्लो भागको स्क्रिन फोडिरहँदा उनी समातिएको प्रहरीले जनाएको छ ।

उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया