Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २३ पुष । प्रस्तावित बीएण्डसी मेडिकल कलेज संचालक दुर्गा प्रसाईंले लगाएको आरोपको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले प्रतिवाद गरेका छन्। प्रसाईंले सम्बन्धनका लागि २० करोड घुस मागेको आरोप लगाएलत्तै पत्रकार सम्मेलन गर्दै गिरीले आरोप पुष्टि गर्न चुनौती दिएका हुन्।

बिएण्डसी मेडिकल कलेजको सम्बन्धनका विषयमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईले गिरीविरुद्ध २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए। बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा मंसिर १५ गते गिरीले आफूसँग २० करोड घुस मागेको प्रसाईंको आरोप छ।

आफूभन्दा माथि बसेकालाई पनि रकम बुझाउनुपर्ने भन्दै गिरीले घुस मागेको गम्भीर आरोप प्रसाईंको छ।

उपाध्यक्ष डा. गिरीले भने आफूमाथि लगाइएको आरोप निन्दनीय रहेको बताउँदै आरोपको खण्डन गरेका हुन्। बुधबार नै पत्रकार सम्मेलनमार्फत् विज्ञप्ति सार्वजनिक गर्दै उनले आफूमाथि प्रसाईंले गलत आरोप लगाएको बताए।

‘प्रसाईंले भने द्वारीकाजमा भेटेर उनले आफुसँग २० करोड मागेको दाबी गरेका छन्। २० करोड दिन नसकेकै कारण प्रस्तावित बीएण्डसी मेडिकल कलेजको सम्बन्धनको निवेदन आयोगमा दर्ता नै नभएकोसमेत प्रसाईंले गुनासो गरेका छन्। रकम दिन नसके आफन्तको नाममा दश प्रतिशत शेयर दिन गिरीले आफूसँग प्रस्तावसमेत गरेको उनको आरोप छ।

तपाईको प्रतिक्रिया