Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

१५ जेष्ठ, काठमाण्डौ । सरकारले बाइक र कारमा लाग्ने अन्तःशुल्क कर बढाएको छ । यो सँगै मोटरसाइकल र कारको मूल्य बढ्ने भएको छ ।

मंगलबार संसमा आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्त्त गर्दै अर्थमन्त्री युवराज खतिवडाले निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको घोषणा गरेका ह्न ।

अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १२५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि अन्तःशूल्क बढाएको छ ।

सरकारले आयात नियन्त्रणको लागि विभिन्न नयाँ नीतिगत तथा करको संरचनागत परिवर्तन गर्ने संकेत यसअघि नै गरिसकेको थियो । अर्थमन्त्री डा युवराज खतिवडाले पटक–पटक अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्ने योजना सरकारले ल्याउने बताउँदै आएका थिए ।

उनले सिसी, सिलिण्डर, क्षमता, ध्वनी उत्सर्जन, प्रदुषणलाई आधार बनाएर सरकारले अर्थशास्त्रीय दृष्टिकोणले अटोमोबाइल क्षेत्रलाई हेर्ने बताएका थिए । उनले खुला आयात नीतिको फाइदा उठाएर अनावश्यक रुपमा हुने आयात नियन्त्रण गर्ने संकेत गरेका थिए ।

तपाईको प्रतिक्रिया