Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १४ पुष । प्रहरीले नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेललाई एक रात हिरासतमा राखेर सोमबार बिहान रिहा गरेको छ । सीमा विवादसम्बन्धी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन जाने क्रममा गजुरेलसहित १५ नेता–कार्यकर्तालाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको थियो ।

राति नौ बजे प्रहरीले उनीहरुलाई आफन्तको जिम्मा लगाएर रिहाको प्रयास गरेपनि पक्राउ परेकै स्थानमा लगेर छोड्न भनेपछि हिरासतमा पठाइएको थियो । प्रहरीले विहान १० बजे रिहा गरेको नेता गजुरेलले बताए ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त सोहृखुट्टेमा राखिएको थियो । राति आफन्तको जिम्मामा छुट्न नमानेपछि प्रहरीले गजुरेलसहितका नेता–कार्यकर्तालाई प्रहरी हिरासतमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया