Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठ्माडौं, ९ पुष । चर्चित गायक रामकृष्ण ढकालको सम्बन्धबिच्छेद भएको छ । जिल्ला अदालत काठमाडौँमा ढकालको सम्बन्धबिच्छेदको मिलापत्र भएको हो ।

ढकालपत्नी निलम शाह ढकालले मंगलबार अदालतमा छोडपत्रका लागि निवेदन दिएकोमा बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्धविच्छेदमा सहमति भएको हो ।

जिल्ला अदालत काडमाडौँका स्रेस्तेदार आनन्द श्रेष्ठले ढकाल र निलमले सम्बन्धबिच्छेदका लागि मञ्जुर भएको बताए ।

अदालतका अनुसार निलमले अंश नलिने गरी मिलापत्र भएको हो भने रामकृष्ण र निलमको एक छोरी रानीको रेखदेख भने दुबैले मिलेर गर्नेछन् ।रातोपाटी

तपाईको प्रतिक्रिया