Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, ११ जेठ । हिउँदे अधिबेशन अन्त्य भएको दुई सातापछि प्रदेश १ को वर्षे अधिवेशन आहृवान भएको छ ।यही जेठ १७ गतेबाट वर्षे अधिबेशन सुरु हुने भएको हो ।

प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्वाहाङले जेठ १७ गते बिहीबार अपराहृन ३ बजे प्रदेशसभाको वर्षे अधिवेशन आव्हान गरेका हुन् ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तुम्वाहाङले वर्षे अधिवेशनको आव्हान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईंले जानकारी दिए ।

उनले प्रदेश प्रमुख तुम्वाहाङले सविधानको धारा ८३ को उपधारा १ बमोजिम १७ जेठ ३ बजेका लागि वर्षे अधिवेशन आव्हान गरेको बताए ।

वर्षे अधिवेशनमा प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष ०७५र७६ को नीति तथा कार्यक्रम पेस हुने कार्यक्रम रहेको छ ।सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

बजेटका अलावा प्रदेश सरकारलाई आवश्यक पर्ने विधेयकहरु पनि ल्याउने तयारी गरिएको छ ।

प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र नाम तोक्न कार्यसमेत अहिलेसम्म सम्पन्न गर्न सकेको छैन् ।

जसका कारण चाडो भन्दा चाडो प्रदेशको स्थायी राजधानी र नाम टुग्याउन सांसदहरुले माग राख्दै आएका छन ।

प्रदेश सरकारले पनि वर्षे अधिवेशनबाट स्थायी राजधानी र नामको विषय टुङ्गो लगाउने अनुमान छ ।

प्रदेश सभाको पहिलो अधिवेशनले प्रदेशसभा नियमावलीसहित १२ वटा विधेयक पारित गरेको थियो । पहिलो अधिवेशन ९३ दिनसम्म चलेको थियो ।

तपाईको प्रतिक्रिया