Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौ‌ं, २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्ने भएको छ । सचिवालय बैठक बस्नुअघि आज अध्यक्ष पुष्पकमल दाहालले मुख्य नेताहरुसँगको छलफललाई तीव्रता दिनुभएको छ ।

आजै दाहाल निवास खुमलटारमा वरिष्ठ नेता माधव नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल लगायतसँग परामर्श गर्नुभएको दाहालको सचिवालयले जानकारी दिएको छ ।

भोलि बस्ने बैठकले स्थायी समितिको बैठक बोलाउने र केन्द्रीय समितिको मिति तय गर्ने तयारी रहेको बताइएको छ । यसअघि अध्यक्ष दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पनि परामर्श गर्नुभएको बताइएको छ ।

महासचिव पौडलसँग अध्यक्ष दाहालले सोमबारको बैठकका एजेण्डाबारे छलफल गर्नुभएको जानकारी दिइएको छ । नेकपाले ३२ विभागमा सदस्यहरू चयन गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया