Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, १९ मंसिर । झापाको कमल गाउपालिकाको बाँसबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा झापाको कमल गाउँपालिका १ बाँसबारीमा सम्पन्न रक्तदान कार्यक्रम ३३प्रिन्ट रगत संकलन भएको थियो ।

कारितास नेपाल र युवा समूह वडा नं.१ र २ को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी झापा शाखा र कमल नगर जेसीजको संयुक्त समन्वयमा रक्तदान सम्पन्न भएको कारितास नेपाल दमक शाखाका कार्यक्रम व्यवस्थापक देवेन्द्र पोखरेलले जानकारी दिए। नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा बाँसवारि बजारमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा स्थानीय सर्वसाधरण तथा युवाहरुको उत्साहजनक सहभागीता रहेको थियोे ।

कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख अतिथि रहेकि थिइन। कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीको बिशिस्ट आतिथ्यता रहेको थियो । त्यस्तै कमल गाउँपालिका वडा नं.१ का अध्यक्ष केदार कटुवाल बिशेष अतिथि रेहेका थिए। कमल-१ का युवा समिति अध्यक्ष सरोज भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने उत्तम खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसैबीच लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङिगक हिंसा विरुद्धको एकबद्धताका लागि हस्ताक्षर संकलन समेत गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया