Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १३ मंसिर । मंसिर १ गते राति कब्जामा लिइएको डिजेल ट्याङ्करको अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । नेपाल आयल निगम प्रदेश १ का प्राविधिक र प्रहरीको संयुक्त टोलीले गरेको प्रारम्भिक अनुसन्धानमा कब्जामा लिइएको ट्याङ्करले पम्पमा तेल खन्याएको खुलेको छ ।

ट्याङ्करका चालक र सहचालकसहित थप एक जनालाई हिरासतमा राखेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवले बताए ।

‘तेल खन्याएको देखिए पनि पुष्ट्याइँको वैज्ञानिक विधि जीपीआरएस ट्र्याकिङ र टावरअनुसारको बिस्तृत फोन लोकेसनको नतिजा कुरेका छौं,’ प्रवक्ता यादवले भने ।

नेपाल आयल निगमले ट्याङ्कर अपहरण प्रकरण छानबिन गर्न गठित समितिका अध्यक्ष एवं निगमको प्रदेश १ प्रमुख अशोक साहले अनुसन्धान निष्कर्षतर्फ पुगेको बताए । ट्याङ्कर चालक र सहचालक बाहेक घटनामा संलग्न थप अर्का एक व्यक्ति पक्राउ परेको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया