गौरीगंज, २९ कार्तिक । गौरीगंज-३ ठेकिटोला निवासी देव बहादुर रोक्का मृगौला रोगबाट ग्रसित भएपछि सहयोगकालागि सबै सँग आग्रह गरिएकाृे छ।आर्थिक अवस्था कमजोर भएका ३२ बर्षिया देव बहादुरलाई उपचारकालागि स्थानीय बासिन्दा समिति बनाएर आर्थिक संकलन गर्न सुरु गरेका छन।
स्थानीयबासिहरुले यादव रिजालको संयोजकत्वमा देव बहादुर रोक्का बचाउ अभियान समिति गठन गरेका छन। समितिको सचिवमा निलहरी काफ्ले र कोषाध्यक्षमा मनिका राई रहेका छन।समितिका सदस्यहरुमा राधिका कुमारी भुजेल र बेदनाथ आचार्य रहेका छन।
विपन्न परिवारका देव बहादुर बुवा आमाका एउटै मात्र छोरा हुन।देव बहादुरका बुवा कबिराज र आमा हेमा देवि रोक्काले छोरालाई थप उपचारकालागि काठमाडौं लैजानु पर्ने भएको र आफ्नो आर्थिक अवस्थाले नभ्याएका कारण सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन। १४ बर्षको उमेरमा सुगर रोग लागेको र त्यसको केही बर्ष पछि प्रेसरको बिराम थपिए पछि अहिले आँखा र मृगौलामा समेत समस्या देखिएको छ।
नोबेल अस्पतालका डा. को सल्लाह अनुसार समयमै उपचार गर्न सकेमा रोग निको हुने बताएपछि स्थानीयबासि आर्थिक संकलनकालागि जुटेका छन। समितिका अध्यक्ष यादव रिजालले गरिबिको रेखामुनि रहेका देव बहादुरलाई बचाउन देश विदेशमा रहनु हुने ईच्छुक महाुनुभावहरुलाई सहयोग गरिदिन अनुरोध गरेका छन। सहयोग गर्न चाहने ईच्छुक महानुभावहरुले समितिका सचिव निलहरी काफ्ले र कोषाध्यक्ष राधिका कुमारी भुजेलको नाममा संयुक्त खोलिएको नेपाल बैंक लिमिटेडको खाता नं ०७३०१००६७५९०५३०००००१ मा जम्मा गर्न सकिने समितिले जनाएको छ।






