Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बो सहित आधा दर्जन संसदहरु इलामको घर्तीदोभानमा एउटै मञ्चमा भेटिए । फरक फरक राजनीतिक पार्टीबाट निर्वाचित संघीय संसद तथा प्रदेश संसदहरु पुल निर्माणको शिलान्यास कार्यक्रममा शनिबार इलामको माङसेबुङ घर्तीदोभान पुगेका थिए ।

झापादेखि पाँचथर जोड्ने दमक चिसापानी रबि सडक (फाल्गुनन्द मार्ग) अन्तर्गत घर्तीखोला तथा बाघमारा खोलामा पाँच करोड लागतका छुट्टा छुट्टै दुईवटा पुल पुल शिलान्यास गर्दै प्रदेश १ का मन्त्री आङ्बोले सो सडक आफ्नो कार्यकाल भित्रमा कालोपत्रे निर्माण सम्पन्न भैसक्नेमा विस्वस्तहुन स्थानीयलाई आग्रह गरे ।

उनले हिमाल, पहाड तराई तराई जोडेने आर्थीक सामाजिक, सांस्कृतिक महत्वको सो सडकको निर्माणलाई बिशेष महत्वका साथ अघिबढाइने बताए । त्यसैगरी देशका प्रधानमन्त्रीको निर्वाचन क्षेत्र, पुर्व सभामुख एवं माननीय सुबास नेम्बाङको निर्वाचन क्षेत्र साथै आफु स्वयंको निर्वाचन क्षेत्रलाई समेत उक्त सडकले जोड्ने भएकाले निर्माणमा आफूहरुको विशेष चासो र अग्रसरता रहनेमा मन्त्री आङ्बोले जोड दिए साथै उनले निर्माण सम्पन्न गर्न बजेटको कुनैपनि अभाव हुन नदिने समेत बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
शिलान्यास गर्दै मन्त्री आङबो र संघीय संसद सदस्य सुब्बा

कार्यक्रममा संघीय संसद सदस्य महेन्द्राकुमारी लिम्बू, प्रदेश संसदहरु अर्जुन राई, राम राना, धिरेन शर्मा रमण, विष्णु तुम्बाहाम्फे लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो । संसद महेन्द्रकुमारी लिम्बूले कार्यक्रममा विकास सबैको साझा भएकाले विकासमा राजनीति नगरे सरकारसँग सहकार्य गर्न आफूहरू पनि तयार रहेको बताइन् ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीका अनुसार १८ महिनाभित्रमा दुवै पुल निर्माण गरिसक्नुपर्ने गरी इलामको गजुरमुखी भगवती जेभिलाई जिम्मा दिइएको छ । पुल तथा सडक निर्माणले तिब्रता पाएकोमा खुसी ब्यक्त गर्दै स्थानीयले मन्त्री तथा संसदहरुलाई फुलमालाले भब्य स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया