Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

विष्णुप्रसाद पोखरेल
दमक, ३१  भदौ ।  पूर्वी नेपालमा विस्फोटक पदार्थ बनाउने र पड्काउने कार्यमा संलग्न विप्लप नेतृत्वको प्रतिबन्धित नेकपाका नेता र कार्यकर्ताहरु पक्राउ परेका छन् ।

पक्राउमा मुख्य अभियुक्तसहित तीनजनालाई हतियारसहित पक्राउ गरिएको र एकजना विस्फोटक पदार्थ बनाउने प्राविधिक रहेको प्रहरीको भनाई रहेको छ ।

सोमबार बेलुका बिर्तामोड–४ स्थित विधुत प्राधिकरण पछाडि रहेको एक घरमा डेरा गरी बस्दै आएका मकवानपुर भीमफेदी गाउँपालिका–२ का अनुल सारु मगरलाई प्रहरीले पक्राउ गरेको बताएको छ । विहान सोही क्षेत्रबाट उक्त पार्टीका झापा जिल्ला सचिव प्रविण मिश्र र जिल्ला नेता टीका पोखरेल पक्राउ परेका थिए ।

१ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय झापाले उनिहरुलाई पक्रन विशेष टोली बनाएको थियो । कटुवा पेस्तोल दुईथान, त्यसमा प्रयोग हुने चार राउण्ड गोली, पार्टीका दस्तावेज, विभिन्न चन्दा रसिद, प्याडहरु समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दीनेश मैनालीका अनुसार पक्राउ परेका अधिकांश स्थानीय नेताहरु रहेको पाईएको छ । पछिल्लो पटक  उक्त समूहले सहारा नेपाल चारपाने र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने स्कारपियोमा बम विस्फोट गराएपछि प्रहरीले निगरानी बढाएको थियो । एकसाता अघि बम विस्फोट गराईएको आशंकामा पक्राउ परेका दुईजनालाई प्रहरीले छाडिसकेको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय झापाका एसपी दीनेश मैनालीका अनुसार जिल्लामा बम र चन्दा आतंक मच्चाएपछि दुई महिनायता जिल्ला तथा क्षेत्रीय तहका २६ जना नेताहरु पक्राउ परेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments