Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठ्माडौं,  २०  भदौ  ।  विश्वकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा लिइने ‘अस्कार अवार्ड’का लागि नेपालबाट फिल्म ‘बुलबुल’ छनौट गरिएको छ । २०२० मा आयोजना हुने यस अवार्डको ९२ औं संस्करणका लागि विदेशी फिल्मको विधामा नेपालबाट ‘बुलबुल’ सिफारिस भएको हो ।

अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘बुलबुल’लाई विमल पौडेल, लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजु विक्रम थापा, लोकेन्द्र पराजुली, सामीप्यराज तिमल्सेना र चिरञ्जिवी गुरागाँईको समितिले सिफारिस गरेको हो ।

अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सन् २०१८ अक्टोबर १ देखि २०१९ अगस्ट ३० सम्ममा दर्शकमाझ रिलिजमा आएका फिल्महरुमध्येबाट ‘बुलबुल’ मात्र सहभागी भएपछि निर्विरोध ‘बुलबुल’लाई छनौट गरेको हो ।
विनोद पौडेलको लेखन तथा निर्देशन रहेको ‘बुलबुल’मा स्वस्तिमा खड्का र मुकुन भुसाल मुख्य भूमिकामा छन् ।

तपाईको प्रतिक्रिया