Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठमाडौं,  ६  भदौ  ।  नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त माग गरेको छ। प्रहरीले ६ भदौमा सूचना प्रकाशित गरी दरखास्त आवेदन माग गरेको हो। नयाँ भर्नामध्ये प्रहरी जवानमा ३ हजार ५ सय ९६ जना र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आव्हान गरिएको छ।

कुल दरबन्दीमध्ये प्रहरी जवान (जनपद) तर्फ ३५९६, प्रहरी कार्यालय सहयोगी (भान्छे) १८०, प्रहरी कार्यालय सहयोगी (हजाम) १०, प्रहरी कार्यालय सहयोगी (कुचिकार) २०, प्रहरी कार्यालय सहयोगी (खेलाडी) २५ सिट रहेको छ। दरखास्त फारम ९ भाद्रदेखि १३ असोजसम्म भर्न सकिने नेपाल प्रहरीले जनाएको छ।

भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ।

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments