Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

काठमाडौं,  १  भदौ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री रहिरहने प्रष्ट गरेका छन् । आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने प्रष्ट संकेत गर्दै उनले धैर्य गर्न पनि भनेका छन् ।

पार्टी एकताका बेला पुष्पकमल दाहाल र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र उक्त सहमति पालना हुनुपर्ने दाहालले पटक पटक बताइरहेका सन्दर्भमा प्रधानमन्त्रीले आफ्ना पदावधि कहिलेसम्म हुने बताएका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले ओलीले भने ‘अर्को निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैन, साथिहरुलाई अर्को निर्वाचनसम्म धैर्य गर्न आग्रह छ ।’ ‘अहिले प्रधानमन्त्री ओली पद जाने भो भनेर लगलग लगलग काँपिरहेका छन् भन्ने सुन्छु, हो पद सबैको जान्छ, पद नगएको मैले संसारमा कोही देख्या छैन, राजा महाराजा र बादशाहहरुको पनि कुनै न कुनै दिन पद गएको छ’, प्रधानमन्त्री ओलीले भने ‘अर्को निर्वाचनपछि मलाई पनि बस्न मन छैन, काँप्यो भन्नु दिवा सपना हो । ’

राजतन्त्र फर्काउँछु भन्नु दिवास्वप्न हो

बैठकलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउँछौं भन्नेहरुलाईपनि जवाफ दिए । उनले यो बेमौसमको बाजा भएको बताए ।

चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफ्रिएको टिप्पणी गर्दै यो दाबीमा पत्यार नलागेर सरकार मौन बसेको भन्दै उनले भने, ‘पत्याएका दिन संविधान, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।’

सरकारको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताप्रति विरोधीहरुले अनावाश्यक भ्रम र हल्ला फैलाइएको आरोप पनि लगाए । सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम सरकारलाई सैह्य नहुने चेतावनी उनको थियो ।

लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले खुलेआम गतिविधि गर्न पाइरहेको तर्फ पनि उनले स्मरण गराए । आफ्नो सरकार अचानक ह्वीम र जनताको फ्रस्टेशनबाट बनेको नभई संघर्ष र बलिदानको इतिहास रहेको जिकिर पनि उनले गरे ।

विकास निर्माण र आर्थिक बृद्धि दर बढ्दा पनि केही भएन भन्नेहरुलाई केही भन्न नसकिने भन्दै उनले संविधान कार्यन्वयन गर्ने सन्दर्भमा नयाँ कानुनहरु निर्माण गरेको र एकाधबाहेक ती कानुन पुरा भएको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments