Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठमाडौं,  १४  साउन  ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सिईओ) को छनौट आफैंले गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुको सिईयो छनौट राष्ट्र बैंक आफैले गर्ने गरी मौद्रिक नीति तय गरिएको बताएका हुन् ।

उनले मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बैंक तथा वित्तिय संस्थाको स्वच्छताका लागि पनि त्यसका सिईओको छनौंटमा हस्तक्षेप गर्न लागिएको पनि स्पष्ट पारे । उनले बैंक तथा वित्तिय संस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि स्पष्ट पारे ।

बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सिईओ बनाउँदा पनि नियमन गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए । सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकले सिईओ नियुक्ति गर्दा पनि कार्वाही गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरे ।

त्यसैगरी सांसद तेजुलाल चौंधरीले गैर कृषकहरुलाई कृषि लोन प्रवाह गर्दा पनि नियमन गर्न नसकेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको भूमिका माथि प्रश्न उठाएका थिए । उनले कृषि लोनमा विचौलियाहरुको प्रवेश निषेध गर्न पनि नेपाल राष्ट्र बैंकलाई सचेत गराए ।

सांसद चौंधरीले बैंकहरुले निक्षेप संकलनको नाममा सर्वसाधारणलाई ठगी गरिरहेको आरोप पनि लगाए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments