Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठमाडौं, ८  असार  ।  विनाजाँच नेपाल भित्रिँदै आएको फलफूल र तरकारीको विषादी जाँचमा भन्सारमा कडाइ हुनथालेपछि अहिले रोकिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले विषादी अवशेष परीक्षण गरी दिएको प्रमाणपत्रको आधारमा मात्रै भन्सार पास दिने भनी गरेको परिपत्रअनुसार कानून लागू गरेको हो ।

यता विषादी जाँच गर्ने प्रयोगशाला तथा उपकरण नहुँदा समस्या सिर्जना भएको छ । रुपन्देही जिल्लामै बुटवलस्थित फलफूल तथा तरकारी बजारमा उक्त उपकरण भएको भए तापनि सो ठाउँमा काम गर्ने कर्मचारीको कृषि निर्देशानालयमा सरुवा भएपछि उक्त उपकरण पनि प्रयोगविहीन भएको छ । विषादी अवशेष परीक्षण तत्काल सम्भव नभएको बेलहियामा रहेको प्लान्ट क्वारेन्टाइनले बताएको छ ।

क्वारेन्टाइन प्रमुख विष्णुप्रसाद काफ्ले भन्नुभयो, “पहिलो हामीलाई जाँचको निर्देशन नै छैन, दोस्रो उपकरण र दक्ष जनशक्ति छैन । जाँच नहुँदा भारतको कानपुर, बनारस,, फरिन्दा, अहमदावाद, हैदरवाद, बरेलीलगायतको क्षेत्रबाट तरकारी तथा फलफूल लिएर आएका गाडी भन्सारमै रोकिएका छन् । ”

भैरहवा भन्सारबाट मात्रै दैनिक आलु, प्याज, तरकारीको ३५ भन्दा बढी गाडी र फलफूलको ३० भन्दा बढी ट्रकहरु भित्रिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया