Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौं, ५  असार  ।   मनसुनी वायु १० दिन ढिला गरी नेपाल प्रवेश गरेको छ। पूर्वी नेपालका झापा, इलाम, मोरङलगायत जिल्लामा बिहीबार बिहान वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बंगालको खाडी हुँदै आएको मनुसुनी वायुले पूर्वी नेपालमा वर्षा भएको बताए।

‘बिहानैदेखि मनुसुनी गतिविधि देखिएको छ। दिउँसो अलिकति कम भए पनि साँझपख ती क्षेत्रमा फेरि पानी पर्छ,’ अर्यालले भने।

महाशाखाले मनसुन नेपाल पसेको औपचारिक घोषणा भने गरेको छैन।

पछिल्लो तीस वर्षलाई आधार मान्दा नेपालमा मनसुन सरदर जुन १० आइपुग्छ। यसपालि भने १० दिन ढिला गरी मनसुन नेपाल पसेको हो।

सोमालियाबाट उत्तर लाग्ने मनसुनी वायु बंगालको खाडीमा भने जुन ८ मै आइसकेको थियो। भारतको सिक्किममा पनि केही दिन पहिला नै आइसकेको मनसुन पश्चिमी वायुका प्रभावले नेपाल छिर्न सकेको थिएन।

मौसमविद् अर्यालका अनुसार आज नेपाल पसेको मनसुन पूरै देशभरि फैलिन भने केही दिन लाग्नेछ।

तपाईको प्रतिक्रिया