Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौं, ४  असार  ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविवि अध्ययन संस्थानका सहायक डिन प्राध्यापक डा.शम्भुप्रसाद पटेललाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

एक निजी कलेजको सम्बन्धनको नविकरण गरिदिने नाममा ५० हजार घुस लिंदै गर्दा अख्तियारको टोलीले उनलाई बुधबार साँझ कीर्तिपुरको ट्याङलाफाटबाट पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले पटेलमाथि अनुसन्धान सुरु भएको बताए। ‘हाम्रो टोलीले भर्खरै पक्रेको छ। थप अनुसन्धान भइरहेको छ’, कोइरालाले भने। घुस काण्डमा विश्वविद्यालयबाट पक्राउ गरिएका पटेल अहिलेसम्मकै उच्च अधिकारी हुन्।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया