Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

काठमाण्डौ,  ४  असार  ।   सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट गणेशस्थान गाविस-९ घर भएर हाल काठमाण्डौको तारकेश्वर नगरपालिका मनमैजु बस्ने प्रविन पौडेललाई मकवानपुर हेटौडा उपमहानगरपालिका-४ पारिजातपथमा क्षेत्रमा लुकेर बसेको अवस्थामा मंगलबार पक्राउ गरिएको हो ।

उनले काठमाण्डौ महानगरपालिका-४ विशालनगरमा ‘द एप्रिन्टाइस फिर्म प्राइभेट लिमिटेड’ नामको ट्रेनिङ सेन्टर खोली सिंगापुर पठाइदिने र मासिक ५३ हजारभन्दा बढी कमाइ हुने भन्दै ठगी गरेका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रविन पौडेलले तीन सय जनाभन्दा बढी मानिसहरुबाट ६ करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुल्न आएको छ ।

भारतको दिल्ली र लखनउमा पठाइ तालिम दिने प्रलोभनमा पाँच लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको भनी काठमाण्डौ महानगरपालिका-३२ कोटेश्वर बस्ने तिर्थ हमालले दिएको जाहेरीको आधारमा पौडेललाई पक्राउ गरिएको हो ।

ठगी कार्यमा अन्य मानिसहरुको पनि संलग्नता रहेको हुनाले खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । साथै यस्ता घटनाबाट जोगिन प्रहरीले सजग गराएको छ ।

तपाईको प्रतिक्रिया