Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

फिदिम,  ४  असार  ।   पाँचथरको तुम्बेवा गाउँपालिकामा एक स्थानीय सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका छन्। तुम्बेवा ४ हात्तिपाइलेका उमेश मगर ओछ्यानमै मृत अवस्थामा भेटिएको गाउँपालिकाका अध्यक्ष होम थापाले जानकारी दिए।

रगत वान्ता गरेका मगरको कञ्चटमा चोट देखिएको छ।अध्यधिक मादक पदार्थ सेवन गरेका कारण मगरको मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल कुमार पौडेलले जानकारी दिए।

मगरको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल फिदिम ल्याइँदैछ।

तपाईको प्रतिक्रिया