Online Bichar
बुधबार, कार्तिक २६, २०८३ | Wednesday, November 11, 2026

काठमाडौं, ३  असार  ।   विद्यालय तहमा पढाउन आवश्यक पर्ने अध्यापन अनुमति पत्र (लाइसेन्स) को आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले सोमबार आवेदन खुल्ला गरेको हो ।

यसपटकदेखि आवेदकले अनलाईनबाटै परीक्षाको फाराम भर्न सक्ने व्यवस्था गरेको छ । आवेदन सोमबारदेखि असार २२ गतेसम्म भर्न सकिनेछ । दोब्बर दस्तुर तिरेर भने असार २९ गतेसम्म भर्न सकिने आयोगले जनाएको छ ।

आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका अनुमति पत्रको लागि क्रमशः पाँच सय, सात सय र एक हजार रुपैंया दस्तुर तोकेको छ । लामो समयदेखि रोकिएको आवेदन आयोगले सोमबार खुल्ला गरेको हो । विद्यालय तहमा पढाउन अध्यापन अनुमति पत्र अनिवार्य छ ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments