Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठमाडौँ, १  असार  ।  संघीय संरचना अनुसार देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आइतबार सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरुले आज आइतबार दोस्रो पटक आफ्नो वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । त्यसका लागि सातवटै प्रदेश संसद बैठक आज बस्दैछन् ।

केन्द्र सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संबैधानिक प्रावधान छ ।

यसअघि प्रदेश सरकारहरुले आफ्नो प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाइसकेका छन् । उनीहरुले कृषि, पर्यटन, सडक, खानेपानीलगायतलाई बजेटको प्राथमिकता बनाएका छन् ।

सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने बताइएको छ ।
कुन प्रदेशको बजेट कति ?
प्रदेश १ – करिव ४२ अर्ब
प्रदेश २– करिब ३५ अर्ब
प्रदेश ३– ४८ देखि ५० अर्ब
गण्डकी प्रदेश–३२ अर्ब
प्रदेश ५– करिब ३४ अर्ब
कर्णाली प्रदेश– ३३ अर्ब
सुदुर पश्चिम प्रदेश–२९ अर्ब

तपाईको प्रतिक्रिया