Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

विराटनगर, २८  जेठ  ।  मोरङको धनपालथान गाउँपालिका(४ गदिया खोलाको पुलमा दूध बोकेको गाडीले मंगलबार बिहान ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ। विराटनगर-रंगेली सडक खण्डमा भएको दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्।

झापाको मेचीनगर नगरपालिका-१३ इँटा भट्टामा रहेको एनएमसी दूध डेरी उद्योगको मे १ च ४६०९ नम्बरको पिकअप भ्यानले ठक्कर दिंदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले जानकारी दिए।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई विपरित दिशामा आउँदै गरेका धनपालथान-४ का १७ वर्षीय मोहम्मद जवार, १५ वर्षीय मोहम्मद अफ्सार अन्सारी र १८ वर्षीय मोहम्मद कैफलाई ठक्कर दिएको थियो। गम्भीर घाइते सबैलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो।

उपचारका क्रममा १७ वर्षीय मोहम्मद जवारको बिहान ७ बजे मृत्यु भएको प्रनि कार्कीले बताए। टाउकोमा चोट लागेर गम्भीर अवस्था भएका दुईजनाको न्युरोमै उपचार भइरहेको छ। घर नजिकै रहेको मस्जिदबाट नमाज पढेर फर्कने क्रममा तीव्र गतिमा रहेको गाडीले बिहान ५स्३० बजे तीनैजनालाई एकैपटक ठक्कर दिएको स्थानीय बासिन्दाले बताए।

ठक्कर दिएपछि पुलबाट उछिट्एर गाडी खोलामा झरेको थियो।गाडी र चालक मेचीनगर-७ का गोविन्दप्रसाद अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रनि कार्कीले बताए।

पक्राउ परेका चालकले प्रहरीलाई दिएको जानकारी अनुसार एनएमसी डेरीबाट दूध बोकेको उक्त गाडी विभिन्न ठाउँमा दूध पुर्‍याए फर्कने क्रममा दुर्घटनामा परेको हो। घटनाको विरोधमा स्थानीय बासिन्दाले भने विराटनगर-रंगेली सडक खण्ड अवरुद्ध पारे। सडकमा टायर बालेर स्थानीय बासिन्दाले प्रदर्शन सुरु गरेपछि झन्डै एक घण्टा उक्त सडकमा सवारी साधन सञ्चाल हुन सकेनन्।

दोषी चालकलाई कारबाही हुनुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र घाइतेको प्रभावकारी उपचार हुनुपर्नेलगायतका माग राखेर स्थानीय बासिन्दा आन्दोलित बनेका हुन्। ठूलो संख्यामा परिचालित प्रहरीले आन्दोलनमा उत्रिएकासँग समन्वय गर्दै कारबाही कानुनअनुसार हुने जनाएपछि स्थानीय बासिन्दा आन्दोलन फिर्ता लिन सहमत भएका थिए। अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया