Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

एजेन्सी । पूर्वी अफगानिस्तानको लोगाड प्रान्तमा शुक्रबार आतंकवादीविरुद्ध सरकारी सुरक्षाफौजले गरेको कारबाहीका १८ जना तालिबानी लडाकू मारिएका छन् । मुहम्मद आघा जिल्लास्थित विशेष प्रहरी बलले शुक्रबार बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएको सो प्रान्त सरकारले वक्तव्य जारी गर्दै दाबी गरेको छ ।

सुरक्षाफौजले ती तालीबान लडाकुहरुको साथबाट तीन थान एके–४७ बन्दुक, १७ थान म्याग्जीन तथा ४५० थान बन्दुकका गोली समेतका हातहतियार पनि बरामद गरेको छ । सो प्रान्तमा सक्रिय तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments