Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

विराटनगर, २३  जेठ  ।   पाँचथर सदरमुकाम फिदिमको मध्य बजारमा आगलागी भइरहेको छ । केहीबेरअघि सुरु भएको आगो निभाउने प्रयास भइरहेको छ ।

फिदिम-१ मेनरोडस्थित होटल अजिमा र पाँचथर गेष्ट हाउसको बीचमा रहेको एक कच्ची घरबाट आगलागी सुरु भएको हो। उक्त घरमा रहेको फलफूल पसलबाट सुरु भएको आगो बढ्दै गएपछि सतर्कता अपनाइएको छ।

सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ।कान्तिपुर

तपाईको प्रतिक्रिया