Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

विराटनगर, २२  जेठ  ।  यस वर्ष प्रदेश १ मा गहुँ उत्पादन घटेको छ। गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा १५ हजार ७ सय ३५ मेट्रिक टन कम भएको छ। गत वर्ष १ लाख ८५ हजार ३ सय ८१ मेट्रिक टन उत्पादन भएको थियो। यस वर्ष १ लाख ६९ हजार ६ सय ४६ मेट्रिक टन उत्पादन भएको कृषि विकास निर्देशनालय विराटनगरले जानकारी दिएको छ।

निर्देशनालयका सूचना अधिकारी प्रकाशकुमार दाहालका अनुसार प्रदेश १ मा सबैभन्दा बढी गहुँ सुनसरीमा उत्पादन भएको छ। सबैभन्दा कम पहाडी जिल्ला संखुवासभामा उत्पादन भएको छ। सुनसरीमा १३ हजार ८ सय ४८ हेक्टर क्षेत्रफलमा लगाएकोमा ४२ हजार ९ सय २९ मेट्रिकटन गहुँ उत्पादन भएको छ। संखुवासभामा ७ सय १५ हेक्टर क्षेत्रफलमा लगाएकोमा १ सय ६ सय ८ मेट्रिकटन गहुँ उत्पादन भएको दाहालले बताए। गहुँ लगाउने समयमा अनुकूल मौसम नहुनु, बीउ र मल अभाव हुनु, सुनसरी र मोरङमा सिँचाइ आयोजनाले समयमा पानी नदिँदा गहुँको उत्पादनमा कमी आएकोे उनले बताए।

गहुँ उत्पादन घटे पनि गत वर्षको तुलनामा खेती गर्ने क्षेत्रफल भने बढेको निर्देशनालयको तथ्यांकले देखाएको छ। गत वर्षको तुलनामा यस वर्ष कृषकले २ सय १४ हेक्टर बढी क्षेत्रफलमा गहुँखेती गरेका छन्। गत वर्ष प्रदेश १ मा ६३ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो। यस वर्ष ६३ लाख ७ सय ६४ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो।

निर्देशनालयका अनुसार ताप्लेजुङमा १४ सय ५९ हेक्टर क्षेत्रफमा गहुँखेती गरिएकोमा २ हजार ७ सय ४३ मेट्रिक टन, पाँचथरमा ३ हजार ५ सय ३१ हेक्टर क्षेत्रफलमा लगाएकोमा ६ हजार ७ सय सय ३ मेट्रिकटन, इलाममा ४ हजार ६ सय २० हेक्टर क्षेत्रफलमा लगाएकामा १५ हजार ३ सय ३८ मेट्रिक टन गहुँ उत्पादन भएको छ।

यस्तै झापामा ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएकोमा २२ हजार ५ सय मेट्रिक टन उत्पादन भएको छ। तेह्रथुममा ७ सय १५ हेक्टर क्षेत्रफलमा लगाएकोमा ३ हजार ५ सय ५, धनकुटामा १२ सय ३७ हेक्टर क्षेत्रफलमा लगाएकोमा २ हजार ४ सय ९८ मेट्रिक टन, भोजपुरमा ४ सय ५ हेक्टर क्षेत्रफलमा लगाएकोमा १ हजार ८५ मेट्रिक टन गहुँ उत्पादन भएको छ।

यस्तै मोरङमा १३ हजार ५ सय ६१ हेक्टर क्षेत्रफलमा लगाएकोमा ३९ हजार ४ सय ६३ मेट्रिक टन, सोलुखुम्बुमा २ हजार ६ सय ६५ हेक्टर क्षेत्रफलमा लगाएकोमा ५ हजार ३ सय ३ मेट्रिक टन, ओखलढुंगामा २ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा लगाएकोमा ४ हजार ४ सय ७५ टन उत्पादन भएको छ। यसैगरी खोटाङमा ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएकोमा ८ हजार ५ सय ५० मेट्रिक टन, उदयपुरमा ५ हजार १ सय ३७ हेक्टर क्षेत्रफलमा लगाएकोमा १२ हजार ९ सय ४६ मेट्रिक टन गहुँ उत्पादन भएको निर्देशनालयले जनाएको छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments