धनकुटे कान्छा
ऊ सबको खास थियो
कि समयको दास थियो ।।
हाँस्न फूलेथ्यो कोपिला
टिप्नेहरुको पास थियो।।
बगरभरि छरिएछ फूल
मुस्कुराईरहेको काँस थियो।।
भर्खरै खसेको शीत हेरेँ
त्यो त कविको लास थियो ।।
धनकुटे कान्छा
ऊ सबको खास थियो
कि समयको दास थियो ।।
हाँस्न फूलेथ्यो कोपिला
टिप्नेहरुको पास थियो।।
बगरभरि छरिएछ फूल
मुस्कुराईरहेको काँस थियो।।
भर्खरै खसेको शीत हेरेँ
त्यो त कविको लास थियो ।।