Online Bichar
बुधबार, आश्विन २३, २०८१ | Wednesday, October 9, 2024

काठमाडौं, ५ वैशाख २०८१ । हरेक वर्ष चैत शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा मनाइने रामनवमी पर्व बुधबार श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी मनाइएको छ । मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा देशभर रामनवमी मनाइएको हो ।

रामनवमीको अवसरमा बिहानैदेखि राम मन्दिर,जानकी मन्दिर,जनक मन्दिरलगायत मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भग्वान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।

आजको दिन रामको स्मृतिमा हिन्दुधर्मावलम्बीहरूले पवित्र नदी, ताल तथा कुण्डहरुमा स्नान ध्यान एवं ब्रत बस्ने गर्दछन् । भगवान विष्णु सातौं अवतारको रुपमा अयोध्याका राजा दशरथको जेष्ठ पुत्रको रुपमा जन्म लिएका रामको विवाह मिथिलाका राजा जनककी सुपुत्री सीतासँग भएको थियो ।

संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश तथा आफ्नो पिता दशरथको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएको रामायणमा उल्लेख छ ।रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धामिर्क ग्रन्थहरुमा उल्लेख छ ।

रामनवमीको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

 

तपाईको प्रतिक्रिया