झापा, १३ मंसिर २०८३ । झापाको कनकाई नगरपालिका-८ स्थित माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलका सञ्चालकको टेबलमा गोली फेला परेको छ । गएराति ९:३० बजे माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलका सञ्चालक ४० वर्षीय प्रशान्त न्यौपानेले कार्यालयको काम गर्ने क्रममा कार्यकक्षमा रहेको टेबलको घर्रामा ५.५६८४५ एमएम नोट लेखिएको एक थान गोली फेला परेको हो । त्यसबारे इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराइएको छ ।
प्रहरी टोलीले बुझ्दा लामो हतियार इन्सासको ५.५६८४५ एमएम नोट लेखिएको गोली फेला परेको खुल्न आएको छ । गत वर्षको जेनजी आन्दोलनका बेला प्रहरीबाट लुटिएको गोली फेला परेको हुनसक्ने आशङ्का गरिएको छ ।






