Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

काठमाडौं, १० मंसिर २०८३ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् ।

मर्यादाक्रम हेरफेर गर्दा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको बढुवा भएको छ भने उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरूङ र परराष्ट्रमन्त्री शिशिर खनाललाई तल झारिएको छ ।

शुक्रबार गरिएको हेरफेरअनुसार मन्त्रिपरिषद्को मर्यादाक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो नम्बरमा कायम छन् ।

यसअघि मर्यादाक्रमको सातौँ नम्बरमा रहेकी कानूनमन्त्री सोविता गौतमलाई बिहीबार हेरफेर गर्दा तेस्रो नम्बरमा राखिएको छ । यस्तै तेस्रो नम्बरमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई चौथो नम्बरमा पुर्‍याइएको छ । यसअघि मन्त्रपरिषद्को मर्यादाक्रममा चौथो नम्बरमा रहेका उर्जामन्त्री बिराज भक्त श्रेष्ठलाई पाँचौँ नम्बरमा पुर्‍याइएको छ ।

यसअघि मन्त्रिपरिषद्को मर्यादाक्रममा पाँचौं नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङलाई छैटौं नम्बरमा झारिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको भने घटुवा भएको छ । यसअघि मर्यादाक्रमको छैटौं नम्बरमा रहेका उनी शुक्रबारबाट सातौं नम्बरमा झरेका छन् ।

बाँकी मन्त्रीहरुको मर्यादाक्रमलाई यथावत नै राखिएको छ । शुक्रबार गरिएको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरअनुसार आठौं नम्बरमा विज्ञान, प्रतिवधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, नवौं नम्बरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, १०औं नम्बरमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, ११औं नम्बरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, १२औं नम्बरमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, १३औं नम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल, १४औं नम्बरमा सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिना, १५औं नम्बरमा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी, १६औं नम्बरमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र १७औं नम्बरमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव छन् ।

तपाईको प्रतिक्रिया