झापा, ३ मंसिर २०८३ । झापाको भद्रपुरमा दुई पक्षबीच कुटाकुट हुँदा तीनजना घाइते भएका छन् । गएराति करिब १०ः३० बजे भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा भएको घटनामा दुवै पक्षका तीनजना घाइते भएका हुन् ।
प्रहरीका अनुसार भद्रपुर–५ सुन्दरबस्तीका ३९ वर्षीय अजय हरिजनको घरमा भद्रपुर–६ का २७ वर्षीय राजिब कामत, सोही ठाउँका ३० वर्षीय अजय कामतीसहित १०१२ जनाको समूह पुगेको थियो । उनीहरूले हरिजनमाथि कुटपिट गर्न खोजेपछि दुई पक्षबीच भनाभन भएको र त्यसपछि कुटाकुट भएको थियो ।
कुटाकुटका क्रममा अजय हरिजनको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, राजिब कामती र अजय कामतीको टाउकोमा चोट लागेको छ । उनीहरू दुवैको अवस्था सामान्य रहेको छ । घाइते तीनैजनाको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
घटनाको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले घटनास्थलबाट प्र १–०१–०१८ प ५६०१ र मे १० प ३७५३ नम्बरका दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
यसैबीच, कुटपिटमा संलग्न रहेको आरोपमा अजयलाई सामान्य उपचारपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






