झापा, ३ मंसिर २०८३ । १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा झापाको शिवसताक्षीबाट एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–४ विश्वडुब्बाका २५ वर्षीय बनेश्वर सोरेन रहेका छन् ।
प्रहरीका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले सोरेनलाई मंसिर २ गते बुधबार पक्राउ गरेको हो । पक्राउ परेका सोरेनलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






