Online Bichar
बिहिबार, कार्तिक २०, २०८३ | Thursday, November 5, 2026

काठमाडौं, १९ कार्तिक २०८३ । भारतको झारखण्डस्थित बोकारो जिल्लामा पर्ने कथारा कोइला खानीमा कोइलाको थुप्रो भासिएर दुर्घटना हुँदा कम्तीमा तीन जना मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्। स्थानीय बेर्मोका एसडीपीओ रविन्द्र सिंहले घटनाको पुष्टि गरेका हुन्। उनका अनुसार मृतक तिनै जना महिला रहेका छन् ।

एसडीपीओ सिंहका अनुसार दुर्घटनास्थल सेन्ट्रल कोलफिल्ड्स लिमिटेड (सीसीएल) अन्तर्गतको ‘रिजेक्सन’ (खेर गएको) कोइलाको थुप्रो रहेको क्षेत्र हो। बिहान करिब ५:०० बजे स्थानीय महिलाहरू इन्धनका रूपमा प्रयोग गर्न कोइला संकलन गर्न त्यहाँ पुगेका थिए।

‘फालिएका कोइलाको थुप्रोबाट राम्रो गुणस्तरको कोइला छुट्ट्याएर निकाल्न खोज्दा अचानक पूरै थुप्रो खस्यो, जसका कारण तीन जना महिला सोही थुप्रोमा पुरिएर ज्यान गुमाउन पुगे,’ एसडीपीओ सिंहले जानकारी दिए।

घटनामा घाइते भएका अन्य चार जनाको भने स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई उपचारपछि घर पठाइएको छ। स्थानीय बासिन्दाका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबै महिलाहरू नजिकैको ‘बाँध बस्ती’ का बासिन्दा हुन्।

तपाईको प्रतिक्रिया