काठमाडौं, १५ कार्तिक २०८३ । ओपनर तृतराज दासको अर्धशतकप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो सिजनमा पोखरा एभेन्जर्सविरुद्ध १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार कीर्तिपुरथित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको जनकपुरले पोखराविरुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको हो ।
जनकपुरको लागि तृतराजले ६१ रनको महत्त्वपूर्ण अर्धशतकीय इनिङ खेले । तृतराजले ५५ बलमा सात चौका र दुई छक्कासहित ६१ रन प्रहार जोडे ।
जुन जनकपुरले तयार पारेको योगफलको महत्त्वपूर्ण आधार बन्नपुग्यो । एनपीएलमा तृतराजको यो पहिलो अर्धशतक हो । यसअघिका दुवै सिजन पोखराबाट खेले पनि उनले अर्धशतक प्रहार गर्नसकेका थिएनन् ।
जारी सिजनमा पनि उनी अर्धशतकसँगै दुई खेलको निराशाजनक प्रदर्शन चिर्न सफल भए । यसअघि भएका दुवै खेलमा ओपनिङ गरे पनि उनले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।
जनकपुरले ‘ए’ क्यटागोरीका उनलाई गत असार २४ गते भएको अक्सनबाट १५ लाख रुपैयाँमा अनुबन्धन गरेको थियो ।
त्यसैगरी, एनपीएलमा यो उनले एकै इनिङमा प्रहार गरेको सर्वाधिक रन हो । उनले यसअघि देस्रो सिजनमा जनकपुरविरुद्ध २९ रन बनाएका थिए । जुन एनपीएलमा उनको व्यक्तिगत सर्वाधिक रन थियो । खेलमा ६१ रन बनाएर पभेलियन र्फकँदा व्यक्तिगत कीर्तिमान पनि सुधार गरे ।
उनले अर्धशतक प्रहार गर्ने क्रममा ओपनर मोइन अलीसँग ४७ रनको साझेदारी गरेका थिए ।
अविजित रहेका अभिषेक तिवारीले २४ रन बनाए भने मोइनले २१ रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पोखराका लागि साकिब अल हसनले तीन विकेट लिए । उनले तीन ओभर बलिङ गर्दा चार रन खर्चिए । त्यसैगरी, चमिका करुणरत्नेले दुई विकेट लिए भने मेहदी हसन र मोहम्मद सैफुदिनले समान एक विकेट लिए ।
खेलमा जनकपुर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो सिजनको विजेता रहेको यो टोलीले दुई खेल खेलिसक्दा समान एक जित र हार व्यहोरको छ । जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार व्यहोरेको थियो । जनकपुरले दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई आठ विकेटले हराएको थियो ।
यता, पोखरा भने पहिलो जितको खोजीमा छ । अंकविहीन बन्दै तालिकाको पुछारमा रहेको पोखराले एक खेलेको छ । त्यसमा टोली ६ विकेटले दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।






