झापा, १५ कार्तिक २०८३ । झापाको गौरीगंजमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । गएराति १०बजे गौरीगंज-२ आँपगाछीमा प्रहरी चौकी कोरोबारी र इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही ठाउँ बस्ने बर्ष २८ का बिजय राजवंशी र शिवसताक्षी-६ बस्ने ओमनारायाण राजवंशीलाई शंका लागेर चेकजाँच गर्दा ओमनारायाण राजवंशीले लगाएको चप्पलभित्र लुकाएको लागूऔषध ब्राउन सुगर बरामद भएको थियो ।
उक्त लिसाईलो पदार्थ डिजिटल तराजुमा नापतौल गर्दा प्लाष्टिक सहित ९ ग्राम ३२० मिलिग्राम र प्लाष्टिकबाहेक ७ ग्राम ३४० मिलिग्राम फेला परी लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






