काठमाडौँ, १३ कार्तिक २०८३ । प्रहरीले अनलाइन सञ्चार माध्यम डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
इनम सापकोटा र न्यायाधीश हरि फुयाँलबिचको संवाद र आईजीपी दान बहादुर कार्कीलाई सरकारले हटाउन खोजेको सम्बन्धी विवरण डीएनए खबरको पेज र युट्युबमा प्रकाशन गरिएको थियो ।
अहिले उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाको मोबाइलमा भेटिएको सम्पर्क विवरण सार्वजनिक गर्ने पत्रकारहरूलाई प्रहरीले धरपकड गरिरहेको छ ।
नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई प्रहरी पक्राउ गरिसकेको छ । दियो पोस्टका प्रधान सम्पादक सुदिप विश्वकर्मा र नयाँ पत्रिकाका नवराज मैनालीलाई प्रहरीले खोजिरहेको छ।






