Online Bichar
बुधबार, आश्विन २८, २०८३ | Wednesday, October 14, 2026

काठमाडौं, २७ असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पदाधिकारीमा तीन महिला निर्वाचित भएका छन् । पदाधिकारीतर्फ पुष्पा भुसाल उपसभापति, डा. डिला संग्रौला महामन्त्री र प्रतिमा गौतम सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित भएकी हुन् ।

महामन्त्रीमा संग्रौलाले ३ हजार ११८ मत प्राप्त गर्दै विजय हासिल गर्दा महिला सहमहामन्त्रीमा गौतम ५ हजार ११६ मतका साथ निर्वाचित भइन् ।

केन्द्रीय सदस्यतर्फ वासना थापा सर्वाधिक मतका साथ निर्वाचित भएकी छन् । उनले ५ हजार १८३ मत प्राप्त गरेकी छन् ।

यस्तै, उर्मिला थपलिया ३ हजार ७०, निमा गिरी ३ हजार ८०६, कुसुमदेवी थापा ३ हजार २५०, धनाकुमारी खतिवडा ३ हजार २३१, विनिता खड्का २ हजार ८६६, अनिता देवकोटा २ हजार ८५३, लक्ष्मी पाण्डे २ हजार ७००, सिर्जना अधिकारी २ हजार ६५ र मुना भुसाल २ हजार ५१४ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

 

तपाईको प्रतिक्रिया