Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

झापा, २१ फागुन २०८३ । जिल्ला प्रशासन कार्यालय झापाले केही दिनदेखि बजार अनुगमनलाई तीब्रता दिएको छ । यस क्रममा बुधवार कन्काई नगरपालिकाको सुरुङ्गा क्षेत्रमा अनुगमन गरिएको छ ।

सुरुङ्गा बजार क्षेत्रमा सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयसहितको टोलीद्वारा अनुगमन गरिएको हो । अनुगमनका क्रममा अधिकारी किराना पसलमा ४ हजार १७० रुपैयाँ बराबरको म्याद नाघेको खाद्यवस्तु जफत गरी नष्ट गरिएको छ । गोरखा सपिङ कम्लेक्सलाई नाप तौल (ढक तराजु) सम्बन्धी प्रमाणपत्रको समयमा नविकरण गर्न निर्देशन दिइएको छ। न्यू संगिता ज्वेलरी, पाथिभरा देवी ज्वेलर्स , महालक्ष्मी डेरी पसल र लक्ष्मी पुजा भण्डारको अबस्था सामान्य रहेको पाइएको थियो ।

त्यस्तै श्रीराम अमिलो भण्डार अर्जुनधारा-११ बाट २ लाख २० हजार बराबरको अखाद्य अमिलोजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ । त्यस उद्योगका सञ्चालकलाई तत्काल रु.५० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै मेचीनगर नगरपालिकाले जिल्लाको सरोकारवाला निकायको सहकार्यमा बुधबार पेट्रोलपम्प, एग्रोभेट, सुन र खाद्यान्न पसलमा बजार अनुगमन गरेको छ ।

नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीको नेतृत्वमा इटाभट्टा र काँकरभिट्टा बजारका खाद्यान्न, पेट्रोल पम्प, सुन पसल र एग्रो भेटमा अनुगमन गरेको हो ।

नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीको नेतृत्वमा बुधबार १२ वटा पसलमा अनुगमन गरिएको थियो । जसमा पूर्वाञ्चल पेट्रोलियम सेन्टर, प्रनिक आयल स्टोर, हिरा–लक्ष्मी किराना पसल, सहारा भेटेरिनरी औषधि पसल, मेची किराना पसल, काँकरभिट्टा कोल सेन्टर, अनुस्का किराना पसल, थापा किराना पसल, मेची मिट मार्ट, सुरज ज्वेलरी, रामलाल ज्वेलरी, माँ लक्ष्मी ज्वेलरी पसलमा अनुगमन तथा निरीक्षण गरेको थियो ।

दुई वटा पेट्रोल पम्पमा ५ लिटरको चेक मेजरले जाँच गर्दा गुणस्तर ठिकै रहेको पाइएको थियो । त्यस्तै मिट मार्ट तथा अन्य खाद्यान्नका पसलहरूमा अनुगमन गर्दा नयाँ दर्ता, नविकरण गर्न सुझाव र म्याद नाघेका केही सामग्री बरामद गरेको थियो ।

बजार अनुगमन टोली प्रमुख कार्की, पशु चिकित्सक डा.सुशान्त भट्टराई, जिल्ला स्थित खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाकी खाद्य निरीक्षक संगीता शाह, गुणस्तर तथा नाप तौल कार्यालय झापाका सिनियर मिस्री विजयनन्द चौधरी, कार्यालय सहायक कामिन राजबंशी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक सई नारायणप्रसाद भट्टराई, नगरप्रहरीहरू नारायण खनाल, नरबहादुर थापा, संगीता उराउ, बुद्वि राई, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि लगायत रहेका थिए ।

 

तपाईको प्रतिक्रिया