Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

काठमाडौं, २० असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ । कांग्रेसको निर्वाचन समितिका अनुसार, सभापतिका लागि तीनजनाको मनोनयन दर्ता भएको छ । किशोरसिंह राठौर, गगनकुमार थापा र श्यामकृष्ण खड्की सभापति पदमा भिड्ने भएका हुन् ।

वरिष्ठ उपसभापतिमा भने विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा अन्य कसैको पनि उमेदवारी नपरेपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

उपसभापति खुलामा भने नौजनाको उमेवदारी दर्ता भएको छ । दुई पदका लागि नौजनाले उमेदवारी दर्ता गराएका निर्वाचन समितिले बताएको छ ।

डा। चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा। मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले उपसभापति खुलामा उमेदवारी दर्ता गराएका हुन् ।

उपसभापति समावेशीमा पाँचजनाको उमेदवारी दर्ता भएको छ । विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङले उमेदवारी दर्ता गराएका छन् ।

कांग्रेसले समावेशीमा एकजना उपसभापति रहने व्यवस्था गरेको छ ।

महिला उपसभापतिको एक पदका लागि पुष्पा भुसालले मात्र उमेदवारी दर्ता गराएकी छन् । अन्य आकांक्षी नभएपछि उनी निर्विरोध निर्वाचित भएकी छन् ।

महामन्त्री महिला तर्फको एक पदका लागि तीनजनाले उमेदवारी दर्ता गराएका छन् । महामन्त्री महिलामा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय डिनाले उमेदवारी दर्ता गराएका हुन् ।

महामन्त्री खुला दुई पदका लागि आठजनाको उमेदवारी दर्ता भएको छ । महामन्त्री खुलातर्फ शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज, घिमिरे, अमरसिंह पुन, उदयशमसेर राणा र सन्तोष उपाध्यायले उमेदवारी दर्ता गराएका छन् ।

सहमहामन्त्रीमा खसआर्यतर्फ एक पदका लागि तीनजनाले मानोनयन दर्ता गराएका छन् । खसआर्यबाट सहमहामन्त्रीमा जगदिशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतले मनोनयन दर्ता गराएका छन् ।

आदिवासी जनजातिबाट सहमहामन्त्रीमा दुईजनाको मनोनयन दर्ता भएको छ । एक पदका लागि बहादुरसिंह लामा र तारामान गुरुङले मनोनयन दर्ता गराएका हुन् ।

मधेसीबाट सहमहामन्त्रीमा आठजनाको मनोनयन दर्ता भएको छ । मधेसीतर्फ महेन्द्र यादव, अजय चौरासिया, नागिना यादव, किरण यादव, अभिसेक प्रताप साह, रामपल्टन साह, मनिष कुमार मिश्र र मुक्तकुमारी यादवले मनोनयन दर्ता गराएका छन् ।

दलित एक सहमहामन्त्रीका लागि चारजनाको मनोनयन दर्ता भएको छ । दलित सहमहामन्त्रीका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपालीले मनोनयन दर्ता गराएका छन् ।

थारुबाट तीनजनाको मनोनयन दर्ता भएको छ । थारुबाट सहमहामन्त्रीको एक पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले मनोनयन दर्ता गराएका छन् ।

अल्पसंख्यकरअपांगताबाट तीनजनाले मनोनयन दर्ता गराएका छन । एक पदका लागि नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पाले मनोनयन दर्ता गराएका हुन् ।

मुस्लिमबाट तीनजनाको मनोनयन दर्ता भएको छ । एकपदका लागि फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसालमानले मनोनयन दर्ता गराएका हुन् ।

खुलामा सातजनाको मनोनयन दर्ता भएको छ । अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

पिछडिएको क्षेत्रतर्फ पनि सातजनाको उमेदवारी परेको छ । एक पदका लागि कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्टले मनोनयन दर्ता गराएका हुन् ।

सहमहामन्त्री महिलामा दुईजनाको मनोनयन दर्ता भएको छ । महिला सहमहामन्त्रीमा एक पदका लागि नानु बस्तोला र प्रतिमा गौतमले मनोनयन दर्ता गराएका हुन् ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया