काठमाडौं, ४ असोज २०८३ । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरैंचाबाट पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी कबित कटुवालका अनुसार, साइबर अपराधको कसुरमा दाहाल पक्राउ परेका हुन् ।
प्रहरीको साइबर ब्युरोकोबाट पक्राउ पुर्जी जारी भएको र पक्राउ गरेर पठाउनु भन्ने पत्रको आधारमा दाहाललाई पक्राउ गरिएको एसपी कटुवालले जानकारी दिए । पक्राउ परेका दाहाललाई आइतबार नै काठमाडौं पठाइएको छ ।






