झापा, ४ असोज २०८३ । जेन्जी आन्दोलनमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाण्डौबाट फरार कैदी दमकमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ सिदिङवा गाउँपालिका वडा नं.२ हुँसेसाँगु बस्ने २७ वर्षीय राजकुमार लिम्बू रहेका छन् । जवरजस्ती करणीको अभियोगमा उनले कैद सजाय भोगिरहेकोमा गत वर्ष भदौ २४ गतेको जेन्जी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए ।
दमक नगरपालिका वडा नं.६ मा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी निरीक्षक प्रमोद खड्काको टोलीले हिजो साँझ ७ बजे उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जवरजस्ती करणी मुद्धामा काभ्रेपलान्चोक जिल्ला अदालतबाट मिति २०७९ असार २२ गते उनलाई १८ बर्ष कैद, रु.१ लाख क्षतिपूर्ति र रु.२ हजार २०० पीडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला सुनाइएको थियो ।






