Online Bichar
बिहिबार, आश्विन ०१, २०८३ | Thursday, September 17, 2026

काठमाडौं, १ असोज २०८३ । सर्लाहीका मनिषकुमार मिश्र नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित भएका छन्। पार्टी सभापति गनगकुमार थापाले बुधबार उनलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका हुन्।

‘नेपाली कांग्रेसको विधानमा व्यवस्था भए बमोजिम तपाईंलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छु’ थापाले मनोनयन गरेको पत्रमा उल्लेख छ।

उनले पार्टीको आदर्श, सिद्धान्त र मूल्य मानयता अनुरुप पार्टी र मुलुकको हितमा क्रियाशील भई पार्टीको जिम्मेवारी पूरा गर्ने विश्वास पनि मनोनयन पत्रमा उल्लेख गरेका छन्।

सर्लाही(४ का मिश्र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि नेपाली कांग्रेस प्रवेश गरेका हुन्। त्यसअघि उनी लोसपाको महामन्त्री थिए।

 

 

तपाईको प्रतिक्रिया