Online Bichar
बिहिबार, आश्विन ०१, २०८३ | Thursday, September 17, 2026

झापा, १ असोज २०८३ । चट्याङको ठूलो आवाजका कारण हृदयाघात भई झापामा एक वृद्धको मृत्यु भएको छ। कनकाई नगरपालिका–८ मा बस्दै आएका ८९ वर्षीय सोमनाथ अधिकारीको चट्याङको ठूलो आवाजपछि हृदयाघात भएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

अधिकारीको स्थायी घर बाह्रदशी गाउँपालिका–६, कुमालगाउँ रहेको बताइएको छ। घटनाबारे बुझ्‌न प्रहरी टोली घटनास्थल गएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए ।

 

तपाईको प्रतिक्रिया